- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली काँग्रेस पाख्रीवास नगर सभापति कोपिन्द्र मानन्धरको निधनमा काँग्रेस जिल्ला पार्टी कार्यालय तीन दिन बन्द गरिने भएको छ । तीन दिनसम्म पार्टीको झण्डा झुकाएर जिल्ला पार्टी कार्यालय बन्द गर्ने निर्णय भएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ ।

Advertisement

यता, काँग्रेस पाख्रीवास नगर कार्य समितिको कार्यालयमा पनि झण्डा झुकाएर ७ दिनसम्म कार्यालय बन्द गरिने भएको छ । त्यस्तै १३ दिनसम्म पार्टीको जिल्ला तथा नगर कार्य समितिको कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

लामो समयदेखि पेट, मृगौलाको समस्याबाट पीडित सभापति मानन्धरको काठमाडौंको विविवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मंगलवार बिहान ४७ बर्षको उमेरमा निधन भएको हो । मानन्धरका एक छोरी र एक छोरा छन् ।

यसैवीच, नेपाली काँग्रेस केन्द्रिय कार्यालयको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार शोक विज्ञप्ति जारी गरेर नगर सभापति मानन्धरको निधनमा दुःख व्यक्त गरेका छन् । यता, जिल्ला पार्टीको तर्फबाट सभापति अग्नी प्रसाद पौडेल र सचिव राईले शोक विज्ञप्ति जारी गर्दै मानन्धरको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!