- संगालोखबर सम्वाददाता
फायल तस्वीर

झापा । झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको छाप्रोमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । शिविरको सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ मा सोमवारसाँझ आगलागी हुँदा जलेर शरणार्थी ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।

मृतक राई प्यारालाइसिसका विरामी थिए । हिड्न नसक्ने उनी आगो लागेका बेला भाग्न नसक्दा जलेका हुन् । घरभित्रै सुतिरहेका बेला जलेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमक नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको भएपनि विरामी राईलाई बचाउँन सकेनन् ।

आगलागीबाट १ तोला सुन, १० तोला चाँदी, ३ लाख नगदसहित खाद्यान्न, लत्ताकपडालगायत सामान जल्दा करिब आठ लाख बराबरीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!