- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ बेलेपुरस्थित झरना खोलामा आज दिउँसो एक युवाको शव फेला परेको छ । दिउँसो करिब साँढे १२ बजे खोलामा डुविरहेको अवस्थामा मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साहको शव फेला परेको हो ।

स्थानीयबासीले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली घटनास्थल गएर शवको मुचुल्का गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!