विराटनगरमा आजदेखि ‘एक्स्पो’ सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
विराटनगर । विराटनगरमा आजदेखि ‘मोरंग व्यापार संघ एक्स्पो’ सुरु हुदैछ । मोरंग व्यापार संघले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्म एक्स्पो अर्थात उद्योग व्यापार मेला एवं महोत्सव गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो एक्स्पो उद्घाटन गर्दैछन् । यसका लागि प्रधानमन्त्री दाहाल हिजै विराटनगर आइसकेका छन् । आर्थिक शिथिलता बढिरहेको अवस्थामा उद्योग, व्यवसाय,...































