पाख्रीवासका युवा व्यवसायी तामाङद्वारा विद्यार्थीलाई सहयोग
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ का सुवास तामाङले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । हिलेमा होटल व्यवसाय गर्दै आएका युवा व्यवसायी तामाङले पाख्रीवास–३ को अनिवार्य निःशुल्क आधारभूत विद्यालय र पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
अनिवार्य निःशुल्क आधारभूत विद्यालयका ४३ जना र पञ्चकन्या प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई सामग्री प...































