संगालोखबर सम्बाददाता

धनकुटा । होटल एशोसिएसन भेडेटारको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित भएका छन् । एशोसिएसनको सोमबार सम्पन्न पाँचौ साधारण सभाले कार्कीछापस्थित होटल माउन्ट एभरेष्टका सञ्चालक लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

Advertisement

एशोसिएसनको उपाध्यक्षमा सीता गुरुङ, सचिबमा लालबहादुर श्रेष्ठ, सह-सचिवमा यामन सुब्बा र कोषाध्यक्षमा गोविन्द थापा चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा नेमिता आङबुहाङ, प्रमिला सुब्बा, कविता लावती, तारा राई, पर्शुराम थापा, रमेश बोहोरा, विलियम श्रेष्ठ, दिपेन सुब्बा, नवराज थापा र सुनिता खड्का चयन भएको एशोसिएसनले जनाएको छ ।

कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष एवं साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, साँगुरीगढी-६ का वडाध्यक्ष यमप्रकाश मगर लगायतले नयाँ कार्यसमितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना दिए ।

भेडेटार बजारसहित आसपास क्षेत्रमा करिब २ सय होटल सञ्चालनमा छन् । जसमध्ये करिब ७० होटल व्यवसायी एशोसिएसनमा आवद्ध छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!