सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । धनकुटाको हिलेमा शनिवार मध्यपहाडी लोकमार्गको कोशी खण्ड अन्तर्गत एक्सचेन्ज सेन्टर सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

Advertisement

मन्त्री शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएको उल्लेख गरिन् ।

उनले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र पूर्वाधार विकास अनिवार्य रहेको बताइन् ।

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याएको खण्डमा सूचना महामार्ग तयार भएको जानकारी दिइन् ।

मन्त्री शर्माले यो आयोजना मध्यपहाडी लोकमार्गको सबै खण्डमा विस्तार गरिने जानकारी दिइन् ।

मध्यपहाडी लोकमार्गलाई लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्य पहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने उल्लेख गरिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!