संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका थप एक घाइतेको उपचारका क्रममा सोमबार राती मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राती करिब ११ः३० बजे घाइते ४३ वर्षीय रामनरेश मरिताको मृत्यु भएको हो ।

Advertisement

धनुषाको जनकनन्दिनी घर भएका उनी उर्लाबारी बस्दै आएका थिए । उर्लावारीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राती आगलागी भएको थियो । दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट सुरु भएको आगो निभाउने क्रममा ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए ।

घाइते मरिताको मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

घाइतेमध्ये उर्लाबारी-७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।

गम्भीर घाइतेको कीर्तिपुर बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो आगलागीबाट ३ करोड ४१ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!