संगालोखबर सम्वाददाता


विराटनगर । विराटनगर महानगरपालिका–१२ पाञ्चालीमा आज बिहान एक महिला मृत फेला परेकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि खुल्ला चौरमा करिब ४० वर्षीया महिलाको शव फेला परेको हो ।

मृतक महिलाको पहिचान खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!