सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा आज दिउँसो पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । धरानबाट संखुवासभाको चैनपुर जाँदै गरेको प्रदेश १–०२–००२ च ५३२५ नम्बरको पिकअपले हिलेबाट धनकुटा आउँदै गरेको प्रदेश १–०१३ प ४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट मोटरसाइकल चालक धनकुटा नगरपालिका–६ स्कुलडाँडाका १९ वर्षीय योगेस विसङ्खे र मोटरसाइकलको पछाडि सवार धनकुटा–३ निगालेका २० वर्षीय अर्जुन ठकुरी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा घाइतेहरूको उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घाइते ठकुरीको अवस्था गम्भीर छ । उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । चालक विसङ्खेको अवस्था सामान्य छ । ओभरटेक गर्ने क्रममा पिकअपले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । घटनापछि पिकअप र चालक पासाङ सेर्पालाई हिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!