संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा आजदेखि ‘मोरंग व्यापार संघ एक्स्पो’ सुरु हुदैछ । मोरंग व्यापार संघले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्म एक्स्पो अर्थात उद्योग व्यापार मेला एवं महोत्सव गर्न लागेको हो ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो एक्स्पो उद्घाटन गर्दैछन् । यसका लागि प्रधानमन्त्री दाहाल हिजै विराटनगर आइसकेका छन् । आर्थिक शिथिलता बढिरहेको अवस्थामा उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरूको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । महोत्सवमा २४० वटा स्टल निर्माण गरिएका छन् । त्यहाँ नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरूको पनि प्रदर्शनी गरिने मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका उत्पादनसहित कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनी हुनेछ । महोत्सवलाई आकर्षक बनाउँन पशुपतिनाथ र स्वयम्भु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आईफिल टावरको आकृति बनाइएको छ ।

११ दिनसम्म चल्ने एक्स्पोलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । मेलामा राष्ट्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!