संगालोखबर सम्वाददाता

धनकुटा । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन सार्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । हाल सञ्चालन भइरहेको स्थानबाट प्रशासनिक भवन सारेर भन्ज्याङ पुर्याउन लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।

Advertisement

अहिले प्रशासनिक भवन ३ नम्बर वडामा भाडामा छ । त्यहाँ भन्दा करिब डेढ किलोमिटर टाढा भन्ज्याङमा प्रशासनिक भवन सार्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । अरुण गाउँपालिकाका पूर्वअध्यक्ष गजेन्द्रबहादुर कार्कीसहितको टोलीले बुधबार सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर नयाँ भवन निर्माणका लागि भुक्तानी नगर्न ध्यानाकर्षण गराएको छ ।

यो विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नभएसम्म भवन निर्माणका लागि रकम विनियोजन र अन्य कुनैपनि कार्यक्रम अगाडि नबढाउन उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।

उक्त स्थानमा भवन बनाउँदा स्थानीयलाई समस्या हुने र हाल सञ्चालन भइरहेको ठाउँ सबैका लागि पायक पर्ने भएकाले सार्न नहुने उनीहरूको तर्क छ । भवन निर्माणको विषयमा पटकपटक कुरा राख्दा पनि पालिकाले बेवास्ता गरेर अघि बढेकाले समस्या सृजना भएको अरुण गाउँपालिका–२ का वडाध्यक्ष इन्द्रबहादुर पुलामी बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!