सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङका वृद्ध दम्पतीले स्थानीय भारती माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिदिएका छन् । समाजसेवी ७८ वर्षीय रमेशकुमार राई र उनकी श्रीमती ६५ वर्षीया चन्द्रकलाले १ लाख ५० हजार खर्च गरेर विद्यालयमा १६ वटा सिसिटिभी क्यामेरा जडान गरिदिएका हुन् ।

Advertisement

सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका राई हुलाक कार्यालयबाट अवकाश प्राप्त कर्मचारी हुन् । विद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिहरू निगरानी गरेर थप व्यवस्थित गर्न सहयोग पुर्याउने उद्देश्यले सिसिटिभी क्यामेरा प्रदान गरेको वृद्ध राईले बताए ।

यसैबीच, सहयोग गर्ने वृद्ध दम्पतीलाई विद्यालयले कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा वडाध्यक्ष हरीबहादुर खत्री र विद्यालयका प्रधानाध्यापक हरीप्रसाद पौडेलले दोसल्ला ओढाई प्रशंसा पत्र प्रदान गरेर वृद्ध दम्पतीलाई सम्मान गरे ।

सो अवसरमा वडाध्यक्ष खत्री, प्रधानाध्यापक पौडेल, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरू आनन्दसन्तोषी राई, रणबहादुर राई, ठगिनकुमार राई, कृष्णप्रसाद कट्टेल लगायतले सहयोग गर्ने दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको सहयोगी भावनाको प्रशंसा गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!