संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ का सुवास तामाङले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । हिलेमा होटल व्यवसाय गर्दै आएका युवा व्यवसायी तामाङले पाख्रीवास–३ को अनिवार्य निःशुल्क आधारभूत विद्यालय र पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

Advertisement

अनिवार्य निःशुल्क आधारभूत विद्यालयका ४३ जना र पञ्चकन्या प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो ।

दुवै विद्यालयका ८३ जना विद्यार्थीलाई युवा व्यवसायी तामाङले करिब ५० हजार मूल्य बराबरको कपी, कलम, झोला लगायत सामग्री प्रदान गरेको वडाध्यक्ष सरोज राईले जानकारी दिए ।

सामग्री प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा पाख्रीवास नगरपालिकाका उपप्रमुख नम्रता गौतम, वडाध्यक्ष राई, युवा व्यवसायी तामाङ लगायतले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका छन् ।

विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन गर्न सहयोग गरेको युवा व्यवसायी तामाङले बताए । केही दिनपछि स्थानीय ढुंगेधारा आधारभूत विद्यालयका विद्यार्थीलाई पनि शैक्षिक सामग्री प्रदान गरिने तामाङले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!