संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

Advertisement

कर्कटपाताको छानो भएको कवाडी पसलमा दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परेर पाँच जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

घाइतेमध्ये ३ जना अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरोमा र किशोर कामतको कोशी अस्पतालमा उपचार भइरहेको छ । दुई घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।

उद्धारकर्ताहरूका अनुसार आगलागी भइरहेको गोदामभित्र एक जना मानिस जलिरहेको देख्न सकिन्छ । तर, आगो नियन्त्रणमा नआएकाले उद्धार गर्न सकिएको छैन ।

विभिन्न ठाउँबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीको कारण खुल्न बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!