संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो ।

Advertisement

धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो ।

सो टोलीलाई आज धनकुटा नगरपालिकाले कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारी लगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरे ।

कार्यक्रममा धनकुटा नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । पर्यटनकर्मीहरुको टोलीलाई स्वागत गर्दै उनले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने धारणा राखिन् ।

देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागि छन् ।

पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति लगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!