संगालोखबर सम्वाददाता

विराटनगर । १६ लाख भन्दा बढी रकमसहित सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट मंगलबार एक जनालाई पक्राउ गरेको छ । विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई सशस्त्र प्रहरीको टोलीले विराटनगर–७ स्थित प्रशासन रोडबाट पक्राउ गरेको हो ।

Advertisement

स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ साहको साथबाट बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बेला साह को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार थिए । खानतलासी गर्दा उनको साथबाट ठूलो परिमाणमा नगद फेला परेको हो ।

पैसाको स्रोत खुलाउन नसकेपछि साहलाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ हजार २ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

स्रोत खुलाउँन नसकेकाले उक्त रकम अवैध हुन्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!