संगालोखबर सम्बाददाता


विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना घाइतेको उपचार भइरहेको छ ।

विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्का एक जनाको घटनास्थलमै जलेको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन वाँकी छ ।  

Advertisement

विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमाविराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । उनीहरुको शरीरको ७५ प्रतिशतजति भाग जलेको प्रहरीले जनाएको छ  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!