रबिन कटेल/संगालोखबर
चोरी भएको सुन पसल । तस्वीर सौजन्य: सोवित श्रेष्ठ

धनकुटा । धनकुटा बजारको सुन पसलमा गएराती चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो ।

पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन भने जोगिएको छ । ‘सेफ फोड्ने कोसिस गरेछ, नसकेकाले त्यहाँ भएको सुन चै जोगियो,’ पसल सञ्चालक पण्डितले संगालोखबरसँग भने, ‘सेफ बाहिर पसलमा भएको सबै सुन चाँदी लगेछ ।’

Advertisement

पसलभित्र बेग्लै ठाउँमा सुरक्षित गरी राखिएको हुनाले थप सुन चोरी हुनबाट जोगिएको हो । बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको हो । चोरीको जानकारी पाएपछि प्रहरी टोली गएर घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!