संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ पञ्चेमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।

Advertisement

सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक तेह्रथुमको छथर गाउँपालिका–१ का २८ वर्षीय दुर्गाबहादुर विकको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक विक र सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवाललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउँनासाथ चालक विकलाई डाक्टरले मृत घोषित गरेका हुन् ।

गम्भीर घाइते सहचालक कटुवालको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!