संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । सहिदभूमिका राई समुदायले मनाउँने विशेष पर्व वाडाङमीको अवसरमा मंसिर १७ र १८ गते स्थानीय बिदा दिइएको हो ।

Advertisement

सहिदभूमिका राई समुदायको महत्वपूर्ण पर्व भएकाले वाडाङमीमा दुई दिन विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । बिदाको दिन गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सेवा कार्यालय र विद्यालय बन्द हुनेछन् ।

सहिदभूमिमा राई जातिको बाहुल्यता छ । सो क्षेत्रका राई जातिको विशेष पर्व भएकाले सहिदभूमि गाउँपालिकाले वाडाङमीको अवसरमा हरेक वर्ष स्थानीय बिदा दिने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!