रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस आज बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो ।

Advertisement

इलामको माइ नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले संगालोखबरलाई जानकारी दिए ।

दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका हुन् ।

घाइते हुने विद्यार्थीहरुमा १४ वर्षीया शान्ति लिम्बू, १३ वर्षीया सिमा राई, १६ वर्षीया मनिका राई र १६ वर्षीया निस्मा सारु मगर छन् । उनीहरूसँगै बनभोज आएका शिक्षक ५७ वर्षीय रामबहादुर मगर र ४९ वर्षीया शिक्षिका पवित्रा राई पनि घाइते भएकी छन् ।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए । घाइते मध्ये शान्तिको अवस्था गम्भीर छ । सो बसमा करिब ५५ जना सवार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!