प्रदेश १ मा ४५८ कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ७०, विर्...




























