- संगालोखबर सम्वाददाता

झापा । जुवा खेलिरहेको अवस्थामा झापाको दमक नगरपालिका–७ हाटखोलाबाट ११ जना पक्राउ परेका छन् । स्थानीय कर्णवहादुर राईको घरमा ठुलो रकमको बाजी राखेर जुवा खेलिरहेको अवस्थामा गएराती प्रहरीले छापामारेर पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा दमक–७ का ४० वर्षीय कर्णवहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल, गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह–८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी छन् ।

त्यस्तै, गौरादह–२ का ३२ वर्षीय निर्मल थापा, दमक–२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक–६ का ३३ बर्षीय विजय सिंह, सुनसरीको इटहरी–४ का ३५ बर्षीय विक्रम गुरुङ र इटहरी १९ का २६ बर्षीय मिलन राई पक्राउ गरेका हुन् ।

जुवा खेलिरहेको सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन अन्तर्रगत कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!