संगालोखबर सम्वाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा आगलागी हुँदा जलेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिन्धुलीको फिक्कल–५ की समिता खड्काकी चार बर्षीया छोरी धन कुमारी छिन् ।

Advertisement

बालिका मामाघर आएकी थिइन् । दिउँसो करिव १ बजे हातमा लाइटर बोकेर मामा घरकै गाईगोठमा खेल्ने क्रममा लाइटर सल्केको थियो । लाइटर सल्केर फुसको छानो भएको गोठमा आगलागी हुँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

त्यस्तै गोठमा रहेका दुई वटा गाई र चार वटा बाख्रासमेत जलेर मरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!