- संगालोखबर सम्वाददाता

झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका मोरङको रंगेली–९ सखुवाथानका सजिलाल रिख्यासनलाई प्रहरीले आज पक्राउ गरेको छ । रंगेली घर भई झापाको गौरादह–१ सितल चौक बस्दै आएका ३९ बर्षीय रिख्यासनलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ बर्षीया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका रिख्यासनलाई फेला पारेर सार्बजनिक गरेको हो ।

उनीविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरी कानूनी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!