संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरको भृकुटी चौक नजिक गएराती मोटरसाइकलमाथि एक बृद्धको शव फेला परेको छ । विजुली अफिस नजिक कोशी राजमार्गमा को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमाथि घोप्टो परेको अवस्थामा विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने मृत फेला परेका हुन् ।

Advertisement

मोटरसाइकल कुदाउँन बसेका बेला घोप्टो परेको जस्तो देखिने गरी घोप्टिएको अवस्थामा राती करिब ८ बजे उनको शव भेटिएको हो । स्टेण्ड लगाएर रोकिएको मोटरसाइकलमाथि भुइमा खुट्टा टेकेर घोप्टिएको अवस्थामा उनको शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले बताए । ‘कपडाहरु किन्न फरक–फरक मोटरसाइकलमा आफन्तसँगै बजार आउँनु भएको बुझेको छौं,’ एसपी बिसीले संगालोखबरसँग भने, ‘अहिले पोष्टमार्टमका लागि अस्पतालमा शव लगेका छौ, पोष्टमार्टमको रिपोर्ट पछि घटनाको कारण खुल्ला ।’

प्रहरीका अनुसार सो मोटरसाइकल उनी आफैले कुदाएर बजार गएका थिए । मृतक न्यौपानेको शरीरमा चोटपटक देखिएको, कपडा पनि च्यातिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!