संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४३९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २८८ जनाको पीसीआर परीक्षण गर्दा २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३/३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २/२, झापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ८०, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६/६, भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १/१, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २/२, ग्रामथान र केराबारीमा १/१ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रीबासमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, चुलाचुली र माईमा १–१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, तेह्रथुमको आठराईमा १ र संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । यसैबीच आज ३४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुँनेको संख्या ६९ हजार ६३४ पुगेको छ भने ५५९० जना सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!