- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । कोरोना संक्रमणका कारण सुनसरीका एक युवकको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गढी–१७ का १७ बर्षीय युवकको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधवार उनलाई प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।

Advertisement

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार साँझ करिब ५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!