पाख्रीवासमा ट्याक्टरको ठक्करबाट टेम्पुमा सवार तीन घाइते
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ सिंहदेवीमा आज दिउँसो ट्याक्टरको ठक्करबाट टेम्पुमा सवार तीन जना घाइते भएका छन् । धनकुटाबाट पाख्रीवासतर्फ जाँदै गरेको को.२ ह ७२४९ नम्बरको टेम्पुलाई फलाटेबाट हार्डवेयरको सामान बोकेर धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १५५० नम्बरको ट्याक्टरले दिउँसो करिब ४ बजे ठक्कर दिएको हो ।
ठक्करबाट टेम्पु चालक पाख्रीवास–३ का ३१ बर्षीय बलबहादुर मगर, टेम्पुमा सवार पाख्...





























