विराटनगरका मेयर पराजुलीविरुद्ध युवाहरुले गरे प्रदर्शन
विराटनगर । कोरोनाविरुद्धको खोपमा मनोमानी गरेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीविरुद्ध आज युवाहरुले प्रदर्शन गरेका छन् । गएराती कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेसका कार्यकर्ताको घर पुगेपछि मेयर पराजुलीविरुद्ध युवाहरुले दिउँसो महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका हुन् ।
नेकपा माओवादी केन्द्र निकट आईसीएल मोरङको अगुवाईमा युवाहरुले नारावाजी गर्दै मेयर पराजुलीविरुद्ध प्रदर्शन...





























