ईटहरीबाट ब्राउन सुगरसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१२ घर भई ईटहरी–५ बस्दै आएका २७ बर्षीय दिपक भनिने बिरेन्द्र राई, ईटहरी–५ का १६ बर्षीय एक बालक र ईटहरी–४ का १८ बर्षीय जोन चौलागाई छन् ।
उक्त स्थानको एक होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धा...




























