करेन्ट लाग्दा बालकको मृत्यु

करेन्ट लाग्दा बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाका १३ बर्षीय छोरा सबिन छन् । घर नजिकै रहेको खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा बालकलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रदेश १ मा ३०५ कोरोना संक्रमित थपिए, ३८३ संक्रमणमुक्त

प्रदेश १ मा ३०५ कोरोना संक्रमित थपिए, ३८३ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३०५ जना कोरोना संक्रमित थपिएका छन् । ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, ब...
विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या, हत्या आरोपमा आफ्नै भाई पक्राउ

विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या, हत्या आरोपमा आफ्नै भाई पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–५ स्थित पृथ्वी चौकमा गएराती भाईले आफ्नै दाजुको हत्या गरेका छन् । पृथ्वी चौकका ३१ बर्षीय साजन सिंहले राती करिब १० बजे ४२ बर्षीय दाजु भोलाको हत्या गरेका हुन् । दाजु–भाईबीच झगडा हुँदा मादक पदार्थ सेवन गरेका साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट गम्भीर घाईते भएका भोलालाई उपचारका लागि विराट अस्पताल पुर्याइएको थियो । उपचारकै क...
पाख्रीवासका वडाध्यक्ष निरौला ४० हजार धरौटी बुझाएर छुटे

पाख्रीवासका वडाध्यक्ष निरौला ४० हजार धरौटी बुझाएर छुटे

धनकुटा । प्रहरी हिरासतमा रहेका पाख्रीवास नगरपालिका वडा नं.४ का वडाध्यक्ष सोवित निरौला शुक्रबार धरौटीमा छुटेका छन् । पाख्रीवासको नगरसभामा तोडफोड गरेको आरोपमा आफुविरुद्ध मुद्दा दायर भएपछि प्रहरीसमक्ष गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई प्रशासनले ४० हजार धरौटीमा रिहा गरेको हो । रिहाईपछि समर्थकहरुले उनलाई खादा र अविर लगाएर स्वागत गरेका छन् । राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकेर विभेद गरि...
धनकुटामा दुई महिनापछि खुल्यो गाडी, जोर–बिजोर प्रणाली लागू

धनकुटामा दुई महिनापछि खुल्यो गाडी, जोर–बिजोर प्रणाली लागू

धनकुटा । धनकुटामा जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले खुकुलो प्रावधानसहित असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्दै शनिवारदेखि जोर–विजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । कोरोना संक्रमण रोकथामका लागि धनकुटा नगर क्षेत्रमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । कोरोना थप बढ्दै गएपछि बैशाख ३१ गतेदेखि धनकुटा जिल्लाभर निषेधाज्ञा जा...
प्रदेश १ मा थपिए ३५२ कोरोना संक्रमित, ४२७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३५२ कोरोना संक्रमित, ४२७ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४...
संखुवासभामा खुकुरी प्रहार गरी साथीको हत्या

संखुवासभामा खुकुरी प्रहार गरी साथीको हत्या

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका १ तिलार नयाँबस्तीमा एक युवाले आफ्नै साथीको हत्या गरेका छन् । नयाँबस्तीका २४ बर्षीय मुकेस तामाङले कुखुरी प्रहार गरी चिचिला गाउँपालिका–२ का २६ बर्षीय पेमा शेर्पाको हत्या गरेका हुन् । पेमा नयाँबस्तीस्थित दिदीको घरमा बस्दै आएका थिए । आज बिहान ९ बजे घरदेखि करिब ५ सय मिटर दक्षिणको खोल्सीमा उनको शब फेला परेको हो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ...
झापामा कार दुर्घटना हुँदा एमाले नेता प्रसाईको मृत्यु

झापामा कार दुर्घटना हुँदा एमाले नेता प्रसाईको मृत्यु

झापा । झापाको भद्रपुर–९ स्थित देवकोटा चोकमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईको निधन भएको छ । चारआली–भद्रपुर सडक खण्डस्थित देवकोटा चौकमा कार दुर्घटना हुँदा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईको मृत्यु भएको हो । बिर्तामोड–१ निवासी ४६ वर्षीय अध्यक्ष प्रसाईले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका...
हिलेका दुई युवतीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ

हिलेका दुई युवतीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ

मोरङ । मोरङको बेलवारीबाट धनकुटाका दुई युवतीसहित तीन जना लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । बेलबारी–१ गाँईघाट टोलबाट स्थानीय ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटाको हिलेका दुई जना युवती पक्राउ परेका हुन् । लागूऔषधको कारोबार भईरहेको सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट बिहिबार बेलुका साढे ५ बजे उनीहरुलाई न...
धनकुटाबाट तरुण दलले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटाबाट तरुण दलले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटा । नेपाली काँग्रेस निकट नेपाल तरुण दलले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत बिहिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाख्रीवास नगरसभा तोडफोड घटनाका बिषयमा १५ जनाविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गरिनुपर्ने माग गर्दै तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । काँग्रेस पार्टी कार्यालयबाट बिरोध जुलुशसहित जिल्ला प्रशासन कार्यालय पु...
प्रदेश १ मा थपिए ३०७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३०७ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३०७ जना कोरोना संक्रमित थपिएका छन् । ८६७ जनाको पीसीआर परीक्षण गर्दा १५५ महिला र १५२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराह...
आफै चढेको बोलेरोले किचेर मृत्यु

आफै चढेको बोलेरोले किचेर मृत्यु

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–५ डुढेस्थित सडक खण्डमा गएराती आफै चढेको बोलेरो गाडीले किच्दा एक जनाको मृत्यु भएको छ । कटारीबाट रुपाटारतर्फ जादै गरेको प्र २–०१–००–१ च–००५० नम्वरको बोलेरो गाडीले राती करिब २ बजे किच्दा सोही गाडीमा सवार स्थानीय २५ बर्षीय रमेश नेपालीको मृत्यु भएको हो । उकालो चढ्न नसकी गाडी चिप्लिएर पछि सर्ने क्रममा गाडीबाट ओर्लिदै गर्दा रमेशलाई सोही बोलेरोले किचेको थियो । बोलेरो...
धनकुटामा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (भिडियोसहित)

धनकुटामा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (भिडियोसहित)

धनकुटा । धनकुटामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेता कार्यकर्ता र प्रहरीबीच बुधबार जिल्ला प्रशासन कार्यालयमा घम्साघम्सी भएको छ । पाख्रीवास नगरसभामा तोडफोड गरेको भन्दै दर्ता भएको मुद्दा खारेज गनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्त...
धनकुटामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

धनकुटामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–४ स्थित स्कूलडाँडा नजिक बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । खाँदवारीबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ८७८९ नम्बरको ट्रकले धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को.२१ प ७२७६ नम्बरको मोटरसाइकललाई साँझ करिब ६ बजे स्याउले घुम्तिमा ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार सहिदभूमि गाउँपालिका–५ का ३१ बर्षीय विसम राई र ६१ बर्षीय गणेश र...
प्रदेश १ मा थपिए ४४३ कोरोना संक्रमित, ४६३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ४४३ कोरोना संक्रमित, ४६३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा २१७ महिला र २२६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २/२, तेह्रथुम र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकम...
इलाममा खुकुरी प्रहार गरी हत्या

इलाममा खुकुरी प्रहार गरी हत्या

इलाम । इलाममा खुकुरी प्रहार गरी आज एक जनाको हत्या गरिएको छ । इलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका हुन् । बिहान ७ बजे सावाले राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएको थियो । प्रहरीले सावालाई खुकुरीसहित पक्राउ गरेको छ...
पाख्रीवासमा तोडफोड गर्नेलाई पक्राउ गर्न युवा संघको दवाव, पुलिसले नसके आफै कारबाही गर्ने

पाख्रीवासमा तोडफोड गर्नेलाई पक्राउ गर्न युवा संघको दवाव, पुलिसले नसके आफै कारबाही गर्ने

धनकुटा । पाख्रीवास नगरपालिकाको नगर सभामा तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रशासनलाई दवाव दिएको छ । युवा संघ सम्बद्ध दर्जनौं युवाहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थलाई भेटेर तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न दवाव दिएका हुन् । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बलदिप राई, जिल्ला अध्...
धनकुटाका दुई युवा लागुऔषधसहित धरानबाट पक्राउ

धनकुटाका दुई युवा लागुऔषधसहित धरानबाट पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–६ तीनकुनेस्थित जंगलबाट लागूऔषधसहित धनकुटाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का २१ बर्षीय सुमन कार्की र धनकुटा नगरपालिका–९ का २१ बर्षीय सुदिप राई छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका करिब ७ बजे उनीहरुलाई पक्राउ गरेको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको उनीहरु सवार प्र १–०६–००१ प ००१८ नम्बरको मोट...
पाख्रीवासमा विरोध प्रदर्शन, मुद्दा फिर्ता र वडाध्यक्षको रिहाई माग (भिडियोसहित)

पाख्रीवासमा विरोध प्रदर्शन, मुद्दा फिर्ता र वडाध्यक्षको रिहाई माग (भिडियोसहित)

धनकुटा । धनकुटाको पाख्रीबासमा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनले विरोध प्रदर्शन गरेको छ । पाख्रीवास नगरसभामा भएको तोडफोड घटनामा दायर गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष सोवित निरौलाको रिहाई माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध गठबन्धनले विरोध प्रदर्शन गरेको हो । उनीहरुले झुटो मुद्दा फिर्ता गर, गिरफ्ता...
छ पत्रकार पुरस्कृत हुँने

छ पत्रकार पुरस्कृत हुँने

विराटनगर । विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारीले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई पुरस्कृत गर्न लागेको हो । सहकारी संस्थ...
इटहरी अस्पताललाई एनआरएनएले दियो अक्सिजन कन्सन्ट्रेटर

इटहरी अस्पताललाई एनआरएनएले दियो अक्सिजन कन्सन्ट्रेटर

इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । एक कार्यक्रमकाबीच आज अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । एनआरएनएको तर्फवाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन वरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिने जानकारी दिए । कार्यक्रममा इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङ्गले महामा...
प्रदेश १ मा एकैदिन ६३९ जनाले जिते कोरोना, थपिए ४०३ संक्रमित

प्रदेश १ मा एकैदिन ६३९ जनाले जिते कोरोना, थपिए ४०३ संक्रमित

विराटनगर । प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष छन् । योसँगै प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच, प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार १९० जनाको पीसीआर परीक्षण गर्दा १७८ महिला र २२५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रा...
महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न

महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । असार ९ गतेबाट सुरु भएको नगर सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । असार ९ गते नगर सभामा मेयर नेपालले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, उप–मेयर म...
पाख्रीवासमा राँके जुलुश प्रदर्शन

पाख्रीवासमा राँके जुलुश प्रदर्शन

धनकुटा । धनकुटाको पाख्रीवास बजारमा सोमबार साँझ राँके जुलुश प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्मिलित ‘लोकतान्त्रिक गठबन्धन’ ले राँके जुलुश प्रदर्शन गरेको हो । पाख्रीवास नगरसभामा हुलदंगा र तोडफोड गरेको भन्दै १५ जनाविरुद्ध दायर गरिएको मुद्दा फिर्ता हुँनुपर्ने र गिरफ्तारी दिएका पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाको रिहाई म...
धनकुटाको स्कूलडाँडामा पिकअप दुर्घटना, जंगलभरी चल्ला छरपस्ट

धनकुटाको स्कूलडाँडामा पिकअप दुर्घटना, जंगलभरी चल्ला छरपस्ट

धनकुटा । कोशी राजमार्गको धनकुटा–हिले सडकखण्डस्थित धनकुटाको स्कूलडाँडामा सोमबार पिकअप दुर्घटना भएको छ । इटहरीबाट कुखुराको चल्ला बोकेर संखुवासभाको चैनपुर जाँदै गरेको को २ च १८८२ नम्बरको पिकअप बिहान करिब ११ बजे पल्टिएको हो । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षती भएको छैन । तर, जंगलभरी कुखुराका चल्ला छरपस्ट भएका छन् । पिकअपमा २ हजार २ सय वटा कुखुराका चल्ला थिए । पिकअप पल्टिँदा सबै चल्ला जंगलभरी छ...
प्रदेश १ मा थपिए ३५९ कोरोना संक्रमित, ६२३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३५९ कोरोना संक्रमित, ६२३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३५९ जना कोरोना संक्रमित थपिएका छन् । ९६३ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २/२, ताप्लेजुङ,तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झाप...
सुनसरीमा पानी जमेको खाल्डोमा डुब्दा बालकको मृत्यु

सुनसरीमा पानी जमेको खाल्डोमा डुब्दा बालकको मृत्यु

सुनसरी । सुनसरीमा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा कोशी गाउँपालिका–५ का अजल मियाका ९ बर्षीय छोरा ईर्फान छन् । आइतबार दिउँसो घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान ...
सोलुखुम्बुमा भर्याङबाट लड्दा एकको मृत्यु

सोलुखुम्बुमा भर्याङबाट लड्दा एकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा भर्याङबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खुम्बु पासाङलाम्हु गाँउपालिका–१ खरिखोलाका ३३ बर्षीय रिन्जी पासाङ शेर्पा छन् । सोताङ गाँउपालिका–५ मा रहेको बिरेन्द्र ज्योती माध्यामिक विद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरेर त्यही बस्दै आएका रिन्जी गएराती ११ बजे भर्याङबाट लडेका थिए । भर्याङबाट लडेर कञ्चटमा चोट लाग्दा उनी गंभीर घाइते भएका थिए । उनलाई उपचारका...
पाँचथरमा खोलाले बगाउँदा दुई बालक बेपत्ता

पाँचथरमा खोलाले बगाउँदा दुई बालक बेपत्ता

पाँचथर । पाँचथरको याङ्वरक गाँउपालिका–४ स्थित काबेली खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन् । खोलाले बगाउँदा स्थानीय १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ बेपत्ता भएका हुन् । आइतबार ६ जना मिलेर उक्त खोलामा पौडी खेल्न गएका थिए । उनीहरु मध्ये लक्ष्मण र बिपललाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकसहितको टोली बाल...
धनकुटामा आठपहरिया जातिको संग्रहालय निर्माण थालियो

धनकुटामा आठपहरिया जातिको संग्रहालय निर्माण थालियो

धनकुटा । धनकुटामा आठपहरिया जातिको संस्कृति पर्यटन प्रवर्द्धन संग्रहालय भवन निर्माण थालिएको छ । मूख्य गरी धनकुटामा मात्र बसोबास गर्दै आएका आठपहरियाहरुको संस्कृति पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विहिवारे हटिया क्षेत्रमा संग्रहालय भवन निर्माण थालिएको हो । संघीय सरकारको ५० लाख बजेटमा निर्माण गर्न लागिएको संग्रहालय भवनको आइतवार निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शिलान्यास गरेका छन् । भ...
प्रदेश १ मा थपिए ३१२ कोरोना संक्रमित, ७९२ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३१२ कोरोना संक्रमित, ७९२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । ८०३ जनाको पीसीआर परीक्षण गर्दा ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १/१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको सुन्दरह...
error: Content is protected !!