- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका कृषकहरुलाई उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाई लगायतले कृषकहरुलाई बंगुरका पाठी प्रदान गरेका हुन् । वडा नं.३ को डाँडागाउँ बंगुर पालक कृषक समूह, वडा नं.४ को राम नगर बंगुर पालक कृषक समूह र भिलिमिले पाङ्चा बंगुर पालक कृषक समूहसँग आवद्ध २०/२० जना कृषकलाई बंगुरको पाठी दिइएको हो ।

त्यस्तै, बंगुरको संख्या बृद्धि गर्न तीन वटै कृषक समूहलाई एक/एक वटा बंगुरका पाठा पनि प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकाले वडाहरुलाई फरक–फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक हिवासले अघि बढ्न सहयोग र हौसला प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!