संगालोखबर सम्वाददाता

झापा । झापामा पानी सर्किएर आज बिहान एक युवकको मृत्यु भएको छ । पानी पिउँने क्रममा सर्किदा झापाको भद्रपुर–६ का २४ बर्षीय अर्पण श्रेष्ठ मृत्यु भएको हो ।

Advertisement

बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउँने क्रममा उनलाई पानी सर्किएको हो । एक्कासी पानी सर्किदा उनी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान पौने ९ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!