- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ आँपगाछी टोलका चार जनालाई नवजात शिशुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीया खुस्वु मण्डल, उनका श्रीमान २८ वर्षीय अरुण मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल र उनकी आमा ४८ वर्षीया उर्मिला मण्डल छन् ।

गत आइतबार राती खुस्वुले छोरीलाई जन्म दिइकी थिइन् । उनीहरुले नवजात शिशुलाई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरेर खुस्वुका आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनेर गाडेका थिए । उनीहरु चारै जनालाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

घटनामा चारै जनाको संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेकाले उनीहरुविरुद्ध ज्यान कसूरमा मुद्दा दायर गरी घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!