- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष टेकबहादुर तामाङ्गलाई मातृशोक थपिएको छ । वुवा मेहरमानको मृत्यु भएको दुई दिनपछि आज बिहान ८६ बर्षको उमेरमा आमा राममायाँको निधन भएको हो ।

Advertisement

अलजाइमरको समस्या रहेका वुवा मेहरमानको ९४ बर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो । दुई महिना अघिदेखि थला परेका उनलाई सुताउँने–उठाउँने अरुले नै गर्नु पर्ने अवस्था थियो ।

वुवाको मृत्युपछि वडाध्यक्ष तामाङ्ग किजकिरियामा बसेका बेला आज बिहान ५ः५० बजे आमाको पनि निधन भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । ‘अस्ती ४ गते वुवा वित्नु भएको थियो, दुई दिनपछि आज आमा पनि वित्नुभयो,’ अध्यक्ष लिम्बूले संगालोखबरसँग भने, ‘वडाध्यक्षलाई पितृशोक नसकिदै मातृशोक पनि थपियो ।’

वृद्ध अवस्थाकी आमा राममायाँ करिब दुई महिना अघि लड्दा घुँडामा चोट लागेको थियो । त्यसले पनि उनलाई सताइरहेको थियो । उनमा प्यारालाइसिसको समस्या पनि थियो । स्वर्गिय राममायाँको पार्थिव शरिरलाई आज पाथिभरामा अन्त्येष्टि गरिने स्थानीय रविन्द्र रणपहेलीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!