संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोडमा आज एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका–५ की २६ बर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो ।

Advertisement

आफू बस्ने घर अगाडि सडक किनारमा उनको शव फेला परेको हो । बिहान बाटो हिँड्ने मानिसले गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्दै आएकी थिइन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!