- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ३०२ जनाको पीसीआर परीक्षण गर्दा २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै, प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

Advertisement

मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दरहरैचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, रंगेली, रतुवामाई र कटहरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३–१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, बाह्रदशी र स्थानीय तह नखुलेका २–२, गौरादह र हल्दिबारीमा १–१ जना संक्रमित भएका छन् ।

सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५, दुहवीमा ३, तेह्रथुमको म्याङलुङमा ८, स्थानीय तह नखुलेको १, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माईजोगमाई, सुर्योदय, माई र चुलाचुलीमा १–१ जना संक्रमित भएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा ३, सहिदभूमिमा २ तथा महालक्ष्मी र पाख्रीवासमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १–१, ओखलढुङ्गाको सुनकोशी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र याङवरकमा १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । जसमध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । आज पनि ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!