- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित हलहले पटेक डाँडामा बृक्षारोपण गरिएको छ । सिधुवा सिंहदेवी युथ क्लब सम्बद्ध युवाहरुले बृक्षारोपण गरेका हुन् । सो क्षेत्रमा बनाइएको सिढीको दुबैतिर धुपीका २ सय वटा बिरुवा रोपिएको क्लवले जनाएको छ ।

Advertisement

छथर जोरपाटी गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आएको उक्त क्षेत्रलाई हरियाली बनाउने उद्धेश्यले बृक्षारोपण गरिएको क्लबका अध्यक्ष दिवेश खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!