- संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुरमा महिला र वालिकालाई बलात्कार गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आमचोक गाउँपालिकामा महिला र टेम्केमैयुङ गाउँपालिकामा वालिकालाई बलात्कार गर्ने एक÷एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

३९ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–९ दुम्मानाका ५२ बर्षीय श्याम कुमार मगरलाई पक्राउ गरेको छ । उनले असार ३१ गते दिउँसो करिब २ः३० बजे स्थानीय ३९ बर्षीया महिलालाई गाउँकै खाली घरमा बोलाएर जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार थिए । आइतवार गाउँबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यता, ९ बर्षीया वालिकालाई बलात्कार गर्ने टेम्केमैयुङका १७ बर्षीय युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । नाता पर्ने छिमेकी वालिका आफ्नो घरमा आएका बेला कोही नभएको मौका पारी उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना असार १२ गतेको हो । घटनापछि ती युवक फरार थिए ।

उनलाई शनिवार खोटाङको चिसापानीबाट पक्राउ गरेर भोजपुर ल्याइएको भोजपुरका प्रहरी प्रवक्ता इन्सपेक्टर जीवन कुँवरले बताए । ‘घटना बाहिरिएपछि भागेर खोटाङ पुगेका रहेछन्, जिल्ला प्रहरी कार्यालय खोटाङसँग समन्वय गरेर चिसापानीबाट पक्राउ गरेर ल्याएका छौं,’ प्रवक्ता कुँवरले संगालोखबरसँग भने, ‘आमचोक र टेम्केमैयुङ दुवै घटनामा संलग्नलाई पक्राउ गरेर मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाइएका छौं ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!