संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१९मा रहेको माछा पोखरीमा डुब्दा एक जनाको मृत्यु भएको छ । पोखरीमा डुबेर स्थानीय ७३ बर्षीय शेर बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

आफैले सञ्चालन गरेको माछा पोखरीमा माछा मार्ने क्रममा डुब्दा शनिवार विहान सवा ११ बजे श्रेष्ठ बेपत्ता भएका थिए । श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको टोलीले पोखरीमा खोजी गरेको थियो । खोजी गर्ने क्रममा राती करिव साढे ११ बजे श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!