संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र नगरपालिका–२ का २९ बर्षीय कृष्ण घिमिरे र ईटहरी–१७ का मनोज खत्री छन् ।

शनिवार दिउँसो घर वरिपरी हात्ती रोक्नका लागि लगाइएको फलामको तारमा छुँदा घिमिरेलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

त्यस्तै घर नजिकै रहेको माछा पोखरीमा शनिवार साँझ माछा मार्ने क्रममा खत्रीलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा शनिवार राती उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!