- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभामा मित वुवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खाँदवारी नगरपालिका–९ का लक्ष्मण कुमालको हत्या आरोपमा प्रहरीले भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भई तुम्लिङटार बस्दै आएका २५ बर्षीय युवराज राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राई मृतक कुमालका मित छोरा हुन् ।

Advertisement

खाना पकाउँने क्रममा तरकारी घोप्टिएको निहुँमा युवराजले मित वुवामाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको संखुवासभामा प्रहरी प्रवक्ता इन्सपेक्टर सुभेष अधिकारीले बताए । ‘उनीहरु दिउँसो २/४ जना भेला भएर रक्सी खाएर बसेका रहेछन् । साँझ खाना बनाउँने क्रममा मित वुवाका कारण तरकारी घोप्टिएपछि त्यही निहुँमा विवाद भएर युवराजले खुकुरी प्रहार गरेको पाइयो,’ इन्सपेक्टर अधिकारीले संगालोखबरसँग भने ।

असार ३० गते ४७ बर्षीय कुमाल आफ्नै घरमा मृत फेला परेका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरेको प्रहरीले अनुसन्धानका क्रममा युवराजलाई पक्राउ गरेको थियो । युवराजलाई पक्राउ गरी सोधपुछ गर्दा उनले घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!