संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८२ जना कोरोना संक्रमित थपिएका छन् । ९९१ जनाको पीसीआर परीक्षण गर्दा १७६ महिला र २०६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३/३, पाँचथर, भोजपुर र उदयपुरमा २/२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३/३, बुद्धशान्ति र कमल गाउँपालिकामा २/२, गौरादह, बाह्रदशी, कनकाई, झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैंचा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २/२, ग्रामथान र स्थानीय तह नखुलेका १/१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १ जना संक्रमित छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रीवासमा २, साँगुरीगढी, छथर जोरपाटी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १/१, तेह्रथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ७९२ पुगेको छ । यसैबीच आज २२७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९५४ पुगेको छ भने सक्रिय संक्रमितको ५ हजार ४६१ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!