पाँचथर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा म्याङलुङ नगरपालिका–१ का ४५ बर्षीय याम बहादुर लिम्बु छन् ।
कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाइकल कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।