संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ७०, विर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७, बुद्धशान्तिमा ६, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४९, इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, धनकुटाको धनकुटा नगरपालिका, पाख्रीवास र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । आज पनि ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच, विगत २४ घण्टामा प्रदेश १ मा ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!