संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले खरिद गरेको मेसिन सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई हस्तान्तरण गरेकी हुन् ।

Advertisement

जिल्ला अस्पतालमा बिरामीको अत्याधिक चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको छ । सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले जानकारी दिए । उनका अनुसार एकै पटकमा ७२ वटा नमूनाहरु राख्न सकिन्छ । यो मेसिनको बजार मूल्य करिव ३५ लाख सम्म पर्ने साहको भनाई छ ।

सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणहरु प्रदान गरिने बताएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!