संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान एक बृद्धाको हत्या भएको छ । त्रियुगा–१३ का ४५ वर्षीय किसन सदाले बिहान करिब ५ बजे खुकुरी प्रहार गरी उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार सदा केही समययता चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर टाउकामा प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

घटनापछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । प्रहरीले खुकुरी प्रहार गर्ने सदालाई नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!