- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–१० पात्ले खोला नजिक कोशी राजमार्गमा बिहिबार साँझ पिकअप र मोटरसाइकल ठक्कर खाँदा वुवा–छोरा घाइते भएका छन् ।धरानबाट धनकुटातर्फ आउँदै गरेको को.२ च.२०३९ नम्बरको पिकअप र विपरित दिसाबाट जाँदै गरेको को १८ प ३२६६ नम्बरको मोटरसाइकल साँझ करिब ५ः३० बजे पात्ले पेट्रोल पम्प नजिक ठक्कर खाएका हुन् ।

Advertisement

ठक्करबाट मोटरसाइकल चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ का १९ बर्षीय कमल लिम्बु र मोटरसाइकलको पछाडि सवार उनकै वुवा ४७ बर्षीय बुद्धिमान लिम्बु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार हुँन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनापछि पिकअप चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–७ का रबिन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!