संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट आज एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बेलका–३ की ७६ बर्षीया राममाया आले छिन् ।

बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल यात्री आलेलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गंभीर घाइते भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!