- संगालोखबर सम्बाददाता
तस्बीरः सन्तोष सुवेदी / संगालोखबर

झापा । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीको अध्यक्षमा अविजाल बिष्ट निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज सम्पन्न प्रदेश अधिवेशनले मोरङका विष्टको अध्यक्षतामा ७१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको खुला उपाध्यक्षमा सुमन पुरी (सुनसरी), महिला उपाध्यक्षमा सुष्मा श्रेष्ठ (ईलाम), महा–सचिवमा गोपाल झापाली (झापा), खुला सचिवमा गणेश उप्रेती (उदयपुर), समावेशी सचिवमा राजन श्रेष्ठ (ओखलढुंगा) र कोषाध्यक्षमा युवराज विवश (झापा) चयन भएका छन् ।

तस्बीरः सन्तोष सुवेदी / संगालोखबर

प्रदेशका १४ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सदस्य चयन गरिएको प्रेस चौतारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!