संगालोखबर सम्वाददाता

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाले संगठनको आसन्न प्रदेश अधिवेशन र केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले १ नम्बर प्रदेश अधिवेशनका लागि पाँच जना र केन्द्रिय महाधिवेशनका लागि चार जना प्रतिनिधि छनौट गरेको हो ।

Advertisement

चौतारीको १ नम्बर प्रदेश अधिवेशन फागुन २१ गते झापाको विर्तामोडमा र केन्द्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुँदैछ । प्रदेश अधिवेशनका लागि धनकुटाबाट सन्तोष रुचाल, नारायण कुमार आठपहरिया, देवकला कार्की, माया राउत र कल्पना थापा प्रतिनिधि छानिएका छन् । त्यस्तै, केन्द्रिय महाधिवेशनका लागि नयराज नेपाल, विश्वराज श्रेष्ठ, मानवी मोक्तान र माया राउतलाई प्रतिनिधि छनौट गरिएको छ ।

प्रदेश अधिवेशनका लागि जिल्ला अध्यक्ष र प्रतिनिधिहरुसहितको टोली झापा जानेछ । त्यस्तै केन्द्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने तीन केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष र प्रतिनिधिसहितको टोली पोखरा जाने प्रेस चौतारी धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!